+
+
Shares

दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक ८ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ।
  • दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि उपत्यका भित्रिने यात्रुको चाप बढेको छ।
  • नागढुंगा, कलंकी, बालाजु, कोटेश्वर, बल्खु र नयाँ बसपार्क क्षेत्रमा यात्रु र सवारीसाधनको भिडभाड देखिएको छ।

८ कात्तिक, काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ ।

दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि उपत्यका भित्रिने यात्रुको चाप बढेको छ ।

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् । नयाँ बसपार्क क्षेत्रमा पनि सवारीसाधन र यात्रुहरुको भिडभाड छ ।

दशैंका बेला अधिकांश व्यक्तिहरु गाउँ फर्किने भएकाले काठमाडौं उपत्यका सुनसान जस्तै बनेको थियो । अहिले उपत्यकाका सडक र सार्वजनिक यातायात क्षेत्रमा पुन: चहलपहल फर्किएको छ । बजार पसलहरु पनि अधिकांश खुलिसकेका छन् ।

कलंकीको सडकमा देखिएका केही दृश्यहरु :

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?