+
+
Shares

यस्तो देखियो बिहेपछि प्रियंका–आयुष्मानको पहिलो दशैं

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १४:१७

गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाधिएकी नायिका प्रियंका कार्कीका लागि यो बर्षको दशैं बिशेष रह्यो । उसो त, नायिका कार्कीले नायक आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेपछि नै आयुष्मानकी आमा रविना देशराज जोशीसँग टिका नलाएकी होइनन् । तर, यसपटक रविनासँग आयुष्मान, प्रियंका र नायक आशिरमान देशराज जोशीले एकसाथ टिका थापे ।

यस्तै, आयुष्मान पहिलो ज्वाइको रुपमा प्रियंकाको माइतीघरमा टिका थाप्न पुगे । बैबाहिक जीवनमा बाधिएपछि भैसेपाटीमा बस्दै आएका आयुष्मान र प्रियंकाको टिका थाप्ने दौडधुप गज्जबको देखिएको थियो ।

रातो सारीमा सजिएर टिका थाप्न पुगेकी प्रियंकाले आफ्नो परिवारबाट मायाको आर्शिवाद थापेको उल्लेख गरेकी छिन् ।


तस्वीरः प्रियंका कार्कीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?