
१८ असार, काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामती सेवा विधेयकमाथि गरिएको चलखेल गम्भीर अपराध भएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै उनले यो कमजोरी नभएर अपराध भएको बताएका हुन् ।
‘त्रुटि भयो त्रुटि भयो भनेर सभापति (रामहरि खतिवडा) भन्दै हिंड्नुभएको छ । तर, यो त्रुटि होइन, अपराध हो । गम्भीर अपराध हो’ उनले भने, ‘यो अपराधको निष्पक्ष छानबिन गरियोस्, दोषीलाई कारबाही गरियोस् । कुलिङ पिरियड लागू गरियोस् ।’
उनले सभापति खतिवडा र सचिव सुरज दुराले तत्काल राजीनामा दिनु पर्ने धारणा राखे । ‘तपाईं (सभापति खतिवडा)ले थाहा पाइनँ भन्न पाउनुहुन्न । सभापतिले नैतिक रूपमा राजीनामा दिनुस् । तपाईंलाई सभापति बनिरहने अधिकार छैन । यस्तै, सचिव सुरज दुराजी तपाईंलाई हामी राज्यव्यवस्थमा सचिवको रूपमा अब हेर्न सक्दैनौं । यो समितिको आगामी बैठकमा तपाईंको उपस्थिति हामीलाई स्वीकार्य हुँदैन ।’
प्रतिक्रिया 4