+
+

पेन्सिलभेनियामा पनि बाइडनले ट्रम्पलाई पछि पारे

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते २०:०९

२१ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पेन्सिलभेनियामा पनि डेमोक्रेटिक पार्टीका जो बाइडनले पछि पारेका छन् ।

२० इलेक्टोरल रहेको पेन्सिलभेनियामा बाइडनले ५ हजार ५९४ मतले अग्रता लिएका हुन् । दि गार्डियनका अनुसार बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

बाइडनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल जितिसकेका छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?