+
+

बंगलादेशसँग मल किन्ने निर्णय, पुस्तक आयातको कर हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते २१:४१

२४ कात्तिक, काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो । नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको छ ।

बैठकले पुस्तक आयातमा लगाएको कर हटाएको छ भने मन्त्रीहरुको चैतसम्म पाउने पाउने सुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?