
२१ मंसिर, काठमाडौं । तान्त्रिक शक्ति रहेको भनेर अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ पर्नेमा मकवानपुरका जीवन प्रजा र ओखलढुंगाका जय गिरी छन् ।
प्रहरीका अनुसार दुई महिनादेखि धामी, झाँक्रीले प्रयोग गर्ने थुरमीमा शक्ति रहेको बताएर सामाजिक सञ्जालमा लेखेर सर्वसाधारणमा भ्रम फैलाएको आरोप उनीहरुमाथि छ ।
दुवै जनामाथि मुलुकी अपराध संहितामा रहेको अफवाह फैलाएको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4