
२५ मंसिर, वीरगञ्ज । बाराबाट चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–७ का मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका छन् ।
बिहीबार बिहान साढे ७ बजे निजगढ–९ शहिदचोकस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले उनीहरुलाई चोरीका दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । सवारी साधन चेकजाँचको क्रममा बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरको २ थान पल्सर मोटरसाइकल चोरो गरेर ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4