+
+

भारतका रेलमन्त्रीको दाबी– माओवादीको बलमा किसान आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते ७:४६

२८ मंसिर, काठमाडौं । भारतका एक मन्त्रीले माओवादी र नक्सलको बलमा भारतमा किसान आन्दोलन भइरहेको बताएका छन् । रेलमन्त्री पीयूष गोयलले सो कुरा बताएका हुन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्त्री गोयलले भनेका छन्, ‘माओवादी र नक्सलको बलमा किसानहरुको आन्दोलन भइरहेको छ । सायद किसानहरुको हातमा यो आन्दोलन छैन ।’

माओवादी र नक्सलवादीको बलबाट किसान आन्दोलन मुक्त भएपछि सरकारले उनीहरुका कुरा सुन्ने मन्त्री गोयलले बताएका छन् ।

सरकारले अहिले ल्याएको किसानसँग सम्बन्धित कानुन किसानहरुकै हितमा रहेको दाबीसमेत उनले गरेका छन् ।

उनले भनेका छन्, ‘हामीलाई किसानहरुप्रति भरोसा छ, उनीहरु शान्तिप्रिय छन् र हाम्रो अन्नदाता हुन् । हामी उनीहरुको इज्जत गर्छौं र हामीलाई विश्वास छ उनीहरुले माओवादी र नक्सलहरुबाट देशलाई प्रभावित हुन दिने छैनन् ।’

भारत सरकारले ल्याएको नयाँ कानुनको विरोधमा उत्तरप्रदेश र उत्तराखण्डका किसानहरुले दुई हप्तादेखि राजधानी दिल्ली नजिक गाजीपुर सीमामा प्रदर्शन गर्दै आएका छन् ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले सरकारले यदि आफूहरुका कुरा नसुनेमा २६ जनवरीमा हुने गणतन्त्र दिवसको परेडमा किसानहरु ट्याक्टर र्‍यालीसहित पुग्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?