+
+

धनुषामा ३ सवारी साधन ठाेक्किदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १७:०५

१५ पुस, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा सवारी साधन ठाेक्किएर भएकाे दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ ।

नगरपालिकाकाे वडा नम्बर ९ मालटोलस्थित राजमार्गको घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरकाे जिपलाई सोही दिशातर्फ जाँदै गरेकाे बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । त्यसै क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयांकर सोही भारतीय ट्रकमा ठोक्किएकाे प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा टयांकरका चालक विराटनगर महानगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० बषृका रंगिला कुमारको मृत्यु  भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै गर्दा र रंगिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?