+
+

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

रासस रासस
२०७७ पुष २१ गते ८:०२

२१ पुस, गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो ।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिएको बताए ।

नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक-पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए ।

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए ।

घाइते चितुवाको उद्धार

दमौली- घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।

चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?