+
+

सर्वोच्चको निष्पक्षतामाथि पूर्ण विश्वास छ : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १२:३१

२६ पुस,बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निष्पक्षता र न्याय निरुपणमा आफूहरुलाई पूर्ण विश्वास रहेको बताएका छन् ।

पार्टी निकट प्रेस नेपालले भैरहवामा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको बताएका हुन् । ‘हामी पर्ख र हेरको स्थितिमा छौं,’ ठाकूरले भने, ‘अदालतप्रति पूर्ण विश्वास छ, त्यसैले अगाडिको रणनीति त्यसपछि मात्र निर्धारण गरिनेछ ।’

तत्कालीन मधेशवादी दलहरुसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले सुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे । प्रतिनिधिसभा विघटन संविधान विपरीत भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन सुरु गरेको र विरोधमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल भएको अध्यक्ष ठाकुरले दाबी गरे ।

संसद पुनर्स्थापना नभएर चुनावमा जानु परे पनि आफ्नो पार्टी त्यसको लागि तयार रहेको ठाकुरले स्पष्ट पारे । ‘हामी चुनावबाट भाग्दैनौं,’ ठाकुरले भने, ‘यस विषयमा पार्टीमा एकमत छ ।’

प्रधानमन्त्री ओली संघीयता विरोधी भएको आरोप लगाउँदै ठाकुरले हालको संघीय संरचनाप्रति पार्टीको असहमति कायमै रहेको बताए । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमांकन र नामांकन हुनुपर्ने आफूहरुको माग यथावत रहेको ठाकुरले बताए । ‘ओलीजी सुरुदेखि नै संघयीता विरोधी हो, हामीले मधेशमा बहिस्कार पनि गरेका हौं,’ ठाकुरले भने, ‘अहिलेको सरकार पनि संघीयता विरोधी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?