+
+

सिसडोलमा फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १९:०९

२६ पुस, काठमाडौं । नुवाकोटवासीले १५ दिनभित्र आफूहरुका माग पूरा नभए सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर विसर्जनमा अवरोध पुर्याउने चेतावनी दिएको हो ।

समितिका संयोजक नवराज ढुंगानाले पटक पटक जायज माग उठाउँदा पनि आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र माग पूरा नगरे फोहोरमैला ल्याउन ठप्प पार्ने चेतावनी दिए । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गरे ।

नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी लगेर जबर्जस्ती फोहोर फालिने गरेको आरोप लगाउँदै सरकारले त्यसको वैकल्पिक व्यवस्थापन गरेर कर उठाई उचित व्यवस्थान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएको बताउँदै भने, ‘प्रविधि मार्फत फोहोरको समाधान हुन्छ । फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन, काठमाडौ महानगरपालिका हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?