
१ माघ, खोटाङ । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।
निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए ।
गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक सप्ताहका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4