+
+

ओली समूहको सप्तरी संयोजकमा ताराकान्त चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १९:५८

५ माघ, सप्तरी । नेकपा ओली समूहले सप्तरी जिल्ला कमिटीको संयोजकको जिम्मेवारी ताराकान्त चौधरीलाई दिएको छ । संयोजकको जिम्मेवारी पाएका चौधरी पूर्व सांसद हुन् ।

ओली पक्षीय नेताहरुको हालै बसेको बैठकले जिल्ला संयोजकको जिम्मेवारी चौधरीलाई दिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला प्रबक्ता सुखराम यादवले जानकारी दिए ।

सप्तरीका नेकपा अध्यक्ष अशोक मण्डल ‘अमर’ र सचिव गोबिन्द बहादुर न्यौपाने प्रचण्ड–माधव समूहको नेकपामा छन् ।

ओली समूहले जिल्लामा आफ्नो गतिविधि अगाडि बढाउनुअघि चौधरीलाई संयोजकको जिम्मेवारी दिएको हो । यो पक्षीय नेकपाले आगामी माघ ८ गते राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतको अगुवाइमा राजविराजमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ ।

यस्तै, माघ १३ गते उप प्रधानमन्त्री एवं सचिावलय सदस्य इश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबासिलका मन्त्री जुली महासेठ, प्रदेश इन्चार्ज सत्यनारायण मण्डलसहितको उपस्थितिमा आमसभाको आयोजना गर्ने प्रदेशका सचिव समेत रहेका राष्ट्रिय सभा सांसद सुमनराज प्याकुरेलले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिन सोमबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्याकुरेलले स्थानीय राज रंगशाला पूरा भर्नेगरी आम सभाको आयोजना गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?