+
+

पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै नेपाल एयरलाइन्स

१४७ नेपाली यात्रु फर्कने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १३:५४

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ ।

जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’

अहिले मकाउमा जाने नेपालीले हङकङ वा चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् । तर, हङकङले कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित हुने गर्छन् ।
हङकङ र मकाउ दुबै चीन स्वशाशित क्षेत्र हुन् । नेपाल एयरलाइन्सले मकाउबाट १४७ जना यात्रुलाई काठमाडौं ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?