+
+

सुदर्शनको गुनासो–‘कुनै ठाउँलाई फिल्मले चिनायो भनेर धन्यवाद पनि पाएका छैनौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते ११:५८

निर्देशक सुदर्शन थापाले कुनै पनि स्थानलाई चलचित्रको माध्यमबाट चलचित्रकर्मीले चिनाउँदा धन्यवाद समेत नपाएको गुनासो गरेका छन् । चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा आयोजना भएको ‘सिनेमा संवाद एवं घान्द्रुक’ कार्यक्रममा बोल्दै सुदर्शनले यस्तो गुनासो गरेका हुन् ।

कोरानाका कारण चलचित्र र पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै चलचित्र पत्रकार संघ, कास्की शाखाले ‘सिनेमा टुरिज्मः सम्बन्ध र संभवना’ र ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ बिषयमा छलफल आयोजना गरेको हो ।

‘सिनेमा टुरिज्मः सम्बन्ध र संभावना’ शिर्षकमा बोल्दै निर्देशक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र प्रभावित भएको भन्दै एकसाथ अगाडि बढ्नुपर्ने बताएका थिए । पत्रकार वासु मिश्रले यो छलफलको सहजीकरण गरेका थिए ।

छलफलमा अध्यक्ष गोपी भट्टराइले भने–‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेका छौं ।’ छलफलमा बोल्दै निर्देशक सुदर्शन थापाले आफूले १२ बर्ष अगाडि चलचित्र ‘मेरो एउटा साथी छ’को छायांकनका लागि घान्द्रुक आएको बताए । सुदर्शनले सरकारी निकायको सहयोगको अपेक्षा नगरिएकाले पनि वास्ता नभएको सुनाए । ‘ड्रोन सटका लागि सरकारी अनुमति लिनुपर्छ । त्यसमा प्रक्रियागत रुपमा त्रुटि भयो भने पनि हामीले सजायँ भोगिरहेका हुन्छौं ।’

सुदर्शनले कार्यक्रममा कुनै ठाउँमा छायांकन सकेपछि चलचित्रकर्मीले पनि सो स्थानमासँग सम्बन्ध नराखेको भन्दै स्थानीयस्तरमा धेरथोर सम्बन्ध भएपनि सम्बन्धित निकायसँग भने नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?