
१ फागुन, काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो ।
नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ ।
ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन ।
भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म महसुस गरिएको थियो । अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पका कारण भारत कश्मीरका कयौं घरहरु चर्किएको र पन्जाबको अमृतसरमा एक घर भत्किएको बीबीसीले जनाएको छ । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले भने भूकम्पका कारण कुनै प्रकारको क्षति भएको जानकारी नआएको बताएका छन् ।
जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गरेर सन् २००५ पछि यसप्रकारको धक्का पहिलोपटक महसुस गरिएको बताएका छन् ।
प्रतिक्रिया 4