+
+

तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते ११:५८

सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ ।

सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो । बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने पर्वको रुपमा पनि हेर्छन् । यसैले पनि साहिद कपुरको अभिनय रहेको क्रिकेटको कथामा बनेको चलचित्र ‘जर्सी’को निर्माणपक्षले तिहारलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको थियो ।

अब, यही मितिमा नायक अक्षय कुमार अभिनित चलचित्र ‘पृथ्विराज’ रिलिज हुने पक्का भएको छ । यशराज ब्यानरले सन् २०२१ म आधा दर्जन चलचित्र रिलिज गर्ने तयारी गरेको छ । जसमा, अक्षय अभिनित चलचित्र ‘पृथ्वीराज’लाई तिहारमा रिलिज गर्ने उल्लेख छ ।

यसैले पनि बलिउडका दुई चर्चित स्टारहरु अक्षय कुमार र साहिद कपुर पर्दामा एकसाथ भिड्नेछन् । यसले, दुबै चलचित्रको बक्स अफिसलाई असर पर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?