+
+

दोश्रो पटक आमा बनिन् करिना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १२:२२

नायिका करिना कपुर आमा बनेकी छिन् । आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । भारतीय मिडियाका अनुसार, करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । करिना अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् ।

गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् ।

सैफ र करिनाको बिहे सन् २०१२ को अक्टुबर १६ मा भएको थियो । सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए । दोश्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । उनीरुको नयाँ घर निक्कै आलिसान रहेको बताइन्छ । जहाँ, लाइब्रेरी, स्विमिङ पूल, स्पेश नर्सरी समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?