+
+

नेपाली फ्यानको उपचारमा सोनु सुदको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १२:५१

 

बलिउड कलाकार सोनु सुदले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्याउनका लागि काम गरे । सोनुको यो सामाजिक कार्यले खुबै प्रशंसा पायो । लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सोनुले सामाजिक कामलाई रोकेका छैनन् । उनले, आर्थिक अभावका कारण उपचार गर्न नसकेका, घर बनाउन नसकेका, अध्ययन गर्न नसकेका मानिसहरुलाई सहयोग गरिरहेका छन् ।

फ्रेवुअरी १३ तारिखमा, मधु पौडेल नाम गरेका एक नेपालीले सोनुसँग सहयोग मागे । ट्विटरमार्फत मधुले आफू १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि आग्रह गरे । उनले, लठ्ठी टेकेर हिडिरहेको भिडियो पनि पोष्ट गरेका थिए ।

मंगलबार ट्विटरमा मधुलाई जवाफ फर्काउँदै सोनुले लेखेका छन्–‘अतिथी देवो भवः । भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?