+
+

८ किलो गाँजासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १२:२१

२० फागुन, जनकपुरधाम । आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जना सर्लाहीबाट पक्राउ परेका छन् ।

प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो छन् ।

प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?