
२२ फागुन, रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तीम चरणमा पुगेको छ ।
नेपाल सरकारको पर्यटकीय गन्तव्यमध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
मौलापुरमा दोस्रोपटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताइन् ।
पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो ।
कर्णाटककालभन्दा पहिलेको अवषेशहरु भेटिएपछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।
फागुन २६ देखि चैत्र ३ गतेसम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ ।
महायज्ञको बारेमा जानकारी दिदै मेयर साहले महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताएकी छिन ।
सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको जानकारी दिदै सोका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी आयोजकले गराएको छ ।
प्रतिक्रिया 4