
२४, फागुन, चितवन । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा चितवनका मञ्जिलबाबु मास्के निर्विरोध चयन भएका छन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको महासंघको १० औं महाधिवेशन तथा २१ औं वार्षिक साधारणसभाले मास्केलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा प्रकाश रायमाझी सर्वसम्मत चयन भएका छन् । महाधिवेशनमा देशभरका तीनसय जना व्यवसायी प्रतिनिधिका रुपमा सहभागी थिए ।
नवनिर्वाचित अध्यक्ष मास्केले व्यवसायको स्थायित्व एवं व्यवसायीले भोग्दै आएका विभिन्न समस्याको समाधानका लागि आफूले ठोस कार्ययोजना बनाएर लागू गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4