+
+

अस्ट्रेलियामा यौन दुर्व्यवहारविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १३:५३

२ चैत, काठमाडौं । अस्ट्रेलियाभर हजारौं मानिसहरुले यौन दुर्व्यवहार र महिला हिंसाको विरोधमा प्रदर्शन गरेका छन् । अस्ट्रेलियाका शीर्ष अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लागेसँगै यौन दुर्व्यवहारविरुद्ध ठूलो र्‍याली निस्किएको हो । प्रधानमन्त्री स्कट मौरिसनको सरकार अहिले विभिन्न बलात्कारको मुद्दाको कारण समस्यामा परेको छ ।

एकसाताअघि अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले सन् १९८८ को बलात्कार आरोपको एक आरोपी आफू पनि रहेको खुलासा गरेका थिए । यद्यपि उनले आफूमाथिको आरोप अस्वीकार गरेका थिए ।

अर्को एक मुद्दामा पूर्व राजनीतिक सल्लाहकार ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा मन्त्रीको कार्यालयमा सहकर्मीले आफ्नो बलात्कार गरेको बताएकी थिइन् । उनले आफूमाथिको घटनाबारे मुख खोलेसँगै अस्ट्रेलियामा यौन हिंसाबारे मुख खोल्नेको लहर देखिएको हो । सोमबार अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा मानिसहरुले यौन दुर्व्यवहारविरुद्ध र्‍याली निकालेका हुन् ।

अस्ट्रेलियाको सरकारले यौन दुर्व्यवहारको मुद्दालाई गम्भीरतापूर्वक नलिएको भन्दै र्‍यालीमा सहभागी मानिसहरुले सरकारको आलोचना गरेका छन् । यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आन्दोलनकारीहरुसँग भेट्न पनि अस्वीकार गरेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?