+
+

ओलीसँग वार्तापछि नेता नेपालको प्रतिक्रिया : सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १५:४६

२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् ।

विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।’

सर्वोच्च अदालतले फैसलाअनुसार एमालेको पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताए । साथै २८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नुपर्ने आफूहरुको माग रहेको भन्दै उनले भने, त्यसैमा कुरा मिलेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?