
३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन् । पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको छलफल अपराह्न ४ बजे शीतल निवासमा हुनेछ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ । यसैबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि सोही विषयमा राष्ट्रपति सक्रिय भएको अर्थ्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4