+
+

बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते ११:१५

१७ चैत, काठमाडौं । होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ ।

आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।

कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन् ।

घटनाको वास्तविकता बुझ्न र मृतकका परिवारलाई भेट्न कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मासहित घटनास्थलतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?