+
+

बिस्काः जात्रा रोकेकोमा भक्तपुरमा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते २१:१०

२३ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा रोक्ने निर्णय गरेकोमा भक्तपुरमा विरोध भएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका गुठियारहरुले सोमबार जात्रा रोक्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

जात्राका निम्ति रथ बनाउन थालेको एक महिना भइसकेको बेला जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो । स्थानीयले भने यसलाई नेवाः संस्कृतिमाथि सरकारी हस्तक्षेप भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?