+
+

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १५:०९
फाइल तस्वीर

२४ चैत, काठमाडौं । एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल चार वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?