+
+

शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन हेलिकप्टरबाट पानी

आर्यन धिमाल आर्यन धिमाल
२०७७ चैत २९ गते ८:००

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतबार दिउँसो आगलागी भएपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए।

तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले अनलाइनखबरलाई बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार हेलिकप्टरले एक पटकमा ५०० लिटर पानी बोक्न मिल्छ । ‘दुई/तीन वटा हेलिकप्टर छन्, पालैपालो पानी हालिरहेका छन्’ उनले अनलाइनखबरसँग भने, ‘दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकप्टरबाट पानी हालिएको हो ।’

खरेलका अनुसार डढेलो बस्ती छेउमा आउन लागेकाले त्यस क्षेत्रमा दमकल राखिएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?