+
+

नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:४४

२ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्मार्ट बैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा दिन सुरू गरेको छ ।  आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सो सुविधाको सुरु गरेको बैंकले जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपबाट नै गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?