+
+

काठमाडौंमा छिनमै पानी, छिनमै घाम

चन्द्रबहादुर आले, शंकर गिरी चन्द्रबहादुर आले, शंकर गिरी
२०७८ वैशाख ३ गते १५:१०

३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ ।

वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो समय मात्र वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङ पर्न पर्ने भए पनि ठूलो वर्षा नहुने बताएको छ । ठूलो वर्षा नभए पनि एक्कासी परेको पानीले सडकमा व्यापार गर्नेहरु, काम विशेषले यात्रा गर्नेहरु प्रभावित भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?