+
+

राप्रपाको बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १०:१३

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक दिउँसो दुई बजे बोलाएको छ । केन्द्रीय कार्यालय चाबहिलमा बस्ने बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपाले २५–२८ वैशाखमा महाधिवेशनको मिति तय गरेको छ । तर, सक्रिय सदस्यता र स्थानीय तहको अधिवेशन नसकिएकाले महाधिवेशनको मिति सार्नेबारे पनि बैठकमा छलफल हुँदैछ ।

राप्रपाले यसपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि पनि कमिटीबाट प्रतिनिधि चयन गर्ने गरेको थियो । सक्रिय सदस्य तीन लाख पु¥याउने राप्रपाले लक्ष्य तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?