+
+

गोदरेजको नयाँ उत्पादन ‘भिरोसिल्ड’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १५:३६

८ वैशाख, काठमाडौं । गोदरेज एप्लियन्सेसले आफ्नो नयाँ उत्पादन ‘भिरोसिल्ड’ नेपाली बजारमा ल्याएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर राखेर बजारमा ल्याएको भिरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई नाश गर्ने क्षमता रहेको कम्पनीले बताएको छ । नेपालमा यसको बिक्री सुरु भइसकेको कम्पनीले जनाएको छ ।

भिरोसिल्डले विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, ट्याब्लेट, वालेट, पर्स, सुनका गरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेश्नरी, डकुमेन्ट्स लगायतका सामग्रीमा संक्रमण हुनुबाट बचाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नेपाली बजारमा भिरोसिल्ड ३० लि.को क्षमतामा पाइन्छ । यसलाई आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) ले पनि सर्टिफाइड गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?