
८ वैशाख, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । एक जना युवकको र अर्को वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको सम्सी गाउँपालिका ६ मा अन्दाजी २४ बर्षका युवकको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने युवकको सनाखत हुन सकेको छैन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, मनरासिस्वा नगरपालिका १० मा एक बृद्धाको शव फेला परेको छ । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार मानसिक सन्तुलन ठीक नभएको, मागी खाइ हिड्ने अन्दाजी ७५ वर्षकी महिला मृत अवस्थामा फेला परेका हुन् । उनको पनि सनाखत हुन सकेको छैन् ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4