+
+

मोरङमा चट्याङ लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १४:१७
फाइल तस्वीर

९ वैशाख, विराटनगर । मोरङमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बारीमा गाईगोरु सार्ने क्रममा बिहीबार बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मोरङको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?