+
+

उपत्यकामा एक हजार वेड थप्छौं : स्वास्थ्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते २०:२२

१८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । साथै संक्रमितहरुको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे ।

मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै आलोचना भएको थियो । शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले आतंकीत हुन जरुरी नभएको बताए । उनले अघि भने, ‘सबै जिम्मा सरकारले लिएको छ र आफ्नो प्रतिवद्धता पुरा गर्न तयार छ ।’

उनका अनुसार भोलि आइतबारदेखि नै उपत्यकामा एक हजार वेड थप हुनेछ ।

मन्त्री त्रिपाठीले भने, ‘हस्पिटलहरु हामी थप गर्दैछौं, भोलिदेखि नै काठमाडौं उपत्यकामा कमसेकम एक हजार वेड व्यवस्था गर्दैछौं ।’

अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको उनले बताए । ‘यसका लागि जीवनदानी औषधिहरु पनि दुईतीन दिनभित्रै आपूर्ति हुनेछ’ मन्त्री त्रिपाठीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?