+
+

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १२:१५

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।

एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र वागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?