
२८ वैशाख, काठमाडौं । कोरोना संक्रमण मुक्त भएका नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
दुई दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले चिकित्सकको सल्लाहअनुसार उनलाई डिस्चार्ज गर्न लागिएको नर्भिक अस्पतालले जनाएको छ ।
यही वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।
नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी. श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4