+
+

होम आइसोलेसनमा बसेकालाई निशुल्क मनोसामाजिक परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १९:२२

२९ वैशाख, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्वोधन गर्नका मनोसामाजिक सहयोग टोली गठन गरिएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) का प्राविधिक निर्देशक डा. पशुपति महतको नेतृत्वमा गठित टोलीले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ ।

‘राज्यमा यस्तो स्वास्थ्य संकट आइरहँदा हामीले तत्कालका लागि मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा प्रदान गर्नका निम्ति मनोचिकित्सक, चिकित्सा मनोविद्, मनोविद एवं मनोसामाजिक परामर्शकर्तासहितको मनोसामाजिक सहयोग टोली तयार गरिएको हो’ मनोसामाजिक सहयोग टोलीका डा. महतले बताए ।

पछिल्लो समयमा आफन्त गुमाउनुका साथै दैनिक सयौंको दरले कोरोनाका कारण मानिसको मृत्यु भइरहेको समाचारको भयले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र मानसिक स्वास्थ्य समस्या झन् बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय महामारीको समाचारले मानिसमा भयको वातावरण सिर्जना गरेको बताउँदै सोको निवारणका निम्ति बेलैमा सोच्नुपर्ने बताए ।

डा. महतले समुदायस्तरमा रहेका १ सय १० जना सामुदायिक मनोसामाजिक कार्यकर्ता, १ सय ७५ भन्दा बढी मनोपरामर्शकर्ता/मामला ब्यवस्थापक र संस्थाका ३४ जना प्राविधिक कर्मचारीमार्फत सेवा दिने बताए । सेवा लिन चाहनेले टोल फ्रि नं १६६००१८५०८० बाट हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मनोविद्म/नोपरामर्शकर्ताबाट निशुल्क सेवा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?