+
+

वरिष्ठ पुरातत्वविद् साफल्य अमात्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते ९:१३

१ जेठ, काठमाडौं । वरिष्ठ पुरातत्वविद् एवं पुरातत्व विभागका पूर्व महानिर्देशक डा. साफल्य अमात्यको मृत्यु भएको छ । कोरोना संक्रमित अमात्यको बिहिबार काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मधुमेह र उच्च रक्तचापबाट पीडित अमात्य स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए । त्यहीँ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राष्ट्रिय अभिलेखमा विद्यावारिधि गरेका अमात्यले २०४० को दशकको मध्यतिर ३ वर्षसम्म पुरातत्व विभागको महानिर्देशकको रुपमा काम गरेका थिए । उनीसँगै केही समय काम गरेका अर्का पूर्व महानिर्देशक एवं नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहाल मुलुकले एक अध्ययनशील, कुशल र सहयोगी विद्वान गुमाएको बताउँछन् ।

विभिन्न पुस्तक र लेखरचनामा कलम चलाइरहने उनी देशकै प्रतिष्ठित ऐतिहासिक अन्वेषकको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?