+
+

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १८:०५

८ जेठ, काठमाडौं । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ ।

शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । यसैगरी सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार अन्य स्वास्थ्य सामग्रीहरु आइतबार र सोमबार चार्टर्ड विमानमार्फत आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?