
८ जेठ, काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आ-आफ्नो ठाउँबाट जुट्न आह्वान गरेको छ । शनिबार संघका सचिव विष्णुप्रसाद पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावका लागि चालेको कदम असंवैधानिक एवं संसदीय पद्धतिमाथिको हमला रहेको ठहर गरेको छ ।
संघले अक्सिजन नपाएर दैनिक रूपमा नागरिकले मृत्युवरण गर्नुपरेको कहालीलाग्दो अवस्थाले जनजीवन पूर्णरुपमा प्रभावित भइरहेको बेला महामारी नियन्त्रणभन्दा पनि अलोकतान्त्रिक ढंगले मध्यावधि निर्वाचनको घोषणा गर्नु दुखद् रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वास्थ्यसँग सम्बन्धित भौतिक व्यवस्थापन एवं खोपको लागि विश्व विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, राष्ट्रसेवक, विद्यार्थीहरुदेखि सर्वसाधारण नागरिक प्रतीक्षामा छन् । यस्तो विषम परिस्थितिमा वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावका लागि चालेको कदम असंवैधानिक एवं संसदीय पद्धतिमाथिको हमला हो’ विज्ञप्तिमा भनिएको छ ‘संविधानलाई कुल्चेर राजनीतिक अस्थिरता सिर्जना भएको यो अवस्थामा वर्तमान सरकारको संविधानमाथिको निरन्तर प्रहार रोक्नका लागि आ–आफ्नो स्थानबाट भूमिका खेल्न आम प्राध्यापक एवं बुद्धिजीवीहरुमा अनुरोध गर्दछौं ।’
प्रतिक्रिया 4