+
+

अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १२ गते २१:३७

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं-२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन गरेको छ।

उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेशकुमार अग्रवालले उद्घाटन गरे ।

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

सो भवनको उद्घाटन २०७८ जेष्ठ १२ गते बुधबार दिनको ३ः०० बजे सियारी-२, मैनहिया, रुपन्देहीमा रहेको थियो। उक्त भवन निर्माण गर्न रु ७० लाख लागेको छ ।

अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवाल भन्छन्’मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्यचौकी आˆनोघरबाट धेरै टाढा भएकाले समस्या थियो,अब सबैको लागि सजिलै पहुँचमा हुन्छ, हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौं ।’

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले यो प्रशंसनिय कार्य भएकाले भन्दै अर्घाखाँचीसिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?