Comments Add Comment

डोरी समात्दै अन्नपूर्णको पदयात्रा (फोटो फिचर)

अन्नपूर्ण हिमालको नर्थ बेस क्याम्पमा आरोहीहरू बस्नका लागि टाँगिएका पालहरु ।

२२ जेठ, काठमाडौं । समय र परिस्थिति मिल्यो भने प्राय म घुम्न निस्कन्छु । विशेष गरी म चलनचल्तीका भन्दा नचलेका स्थानमा घुम्न जान मन पराउँछु ।

योपटक मैले गत चैतको अन्तिम सातातिर अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरतर्फ यात्रा गरेँ । अन्नपूर्ण आधारशिवीर नेपालमा मात्र नभएर विश्वर परिचित पदयात्रा गन्तव्य हो । तर हामीले तय गरेको पदयात्रा भने चल्तीकोभन्दा नौलो हो ।

हामीले यात्रा तय गर्दा पदमार्गमा बाटो बनाइरहेका कारण पनी बीच बीचमा डोरीको सहयताले यात्रा तय गनुपर्‍यो । डोरीमा यात्रा तय गर्दा यात्रा कष्टकर भएपनी यात्राका दृश्यले थकानलाई भुलाइदिएको पत्तै हुँदैन थियो ।

आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमालमा प्रथम फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लाचेनलले ३ जुन १९५० मा आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सगरमाथामा मानव पाइला परेकाले अन्नपूर्णलाई मानव पाइला परेको जेठो हिमाल भनिएको हो ।

अन्नपूर्ण आधारशिविरबाट देखिएको अन्नपूर्ण नर्थ हिमाल ।

हामी आधरशिवीर पुग्दा योपटक नेपाली चेलीहरू अन्नपूर्ण हिमाल आरोहणका लागि तयारी गरिरहेका थिए । उनीहरूसँग हिमाल आरोहणबारे कुरा गर्दा अन्नपूर्ण प्रथम आरोहणको हिसाबले निकै कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा पनि चिनिने बताएका थिए ।

अन्नपूर्ण हिमालय समूहमा जम्मा ६ हिमाल छन् । अन्नपूर्ण प्रथम अर्थात मुख्य हिमाल ८ हजार ९१ मीटर, अन्नपूर्ण दोस्रो ७ हजार ९३७ मीटर, अन्नपूर्ण तेस्रो ७ हजार ५५५ मीटर, अन्नपूर्ण चौथो ७ हजार ५२५ मीटर, गङ्गापूर्ण हिमाल ७ सय ४५५ मीटर र अन्नपूर्ण दक्षिण ७ हजार २१९ मीटर अग्लो रहेका छन् ।

अन्नपूर्ण क्षेत्रमा तीनवटा प्रमुख पदमार्ग छन् । पहिलो जोमसन ट्रेकलाई जोमसम र मुक्तिनाथ, अन्नपूर्ण आधार शिविर दोस्रो अन्नपूर्ण सर्किट र तेस्रो पोखराबाट शुरुवात भएर घोरेपानीहुँदै अन्नपूर्ण आधारशिवीर पुगेर पुनः पोखरा नै समाप्त हुने गर्दछ ।

८ हजार ९१ मिटर उचाइँको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेको छ ।

पन्चधाम ताल ।
पन्चधाम ताल
फुतफुत झरना ।
अन्नपूर्ण हिमालको नर्थ बेस क्याम्पमा जाँदै पदयात्री ।
अन्नपूर्ण हिमालको नर्थ बेस क्याम्पमा जाँदै पदयात्री ।
अन्नपूर्ण आधार शिविर जाँदै पदयात्रीहरु । सडक निर्माण कार्य गरिरहेका कारण केही स्थानमा डोरी समातेर यात्रा तय गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment