+
+

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते ११:४७

२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर-१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका-१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?