
तस्वीर : डा.शंकरप्रसाद रिजाल
२७ जेठ, सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रम्मा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । डाक्टरहरु सामान्य घाइते छन् । डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको डीएसपी घर्तीले बताए ।
‘तीनजना यूवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु मदिरा सेवन गरेकान छन् । हातपात गर्नुको कुनै खास कारणत देखिदैन, मदिराले मातियर यस्तो हर्कत गरेको हुनुपर्छ’, डीएसपी घर्तीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4