+
+

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या ६० हजारमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १३:१८

१ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ६० हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६० हजार ४७१ नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या भारतको लागि ७५ दिनयताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या पनि २ करोड ९५ लाख ७० हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख १३ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण २ हजार ७२६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

अहिलेसम्म भारतमा २५ करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?