+
+

थवाङमा निःशुल्क अक्सिजन प्लान्ट जडान

रासस रासस
२०७८ असार २७ गते २०:०६

२७ असार, रोल्पा । रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो ।

केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण गरे । विद्युत् आपूर्ति नभएको समयमा पनि स्वचालित रुपमा अक्सिजन सिलिण्डर सञ्चालन हुने गरी कोभिड-१९ आइसोलेशन केन्द्रमा सो मिनी प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताए ।

विद्युत् भएको बेला पनि ४७ लिटरका दुई वटा अक्सिजनका सिलिण्डर स्वचालित रहने अध्यक्ष घर्तीमगरले बताए ।

अक्सिजन प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताइएको छ । मिनी प्लान्ट जडानका लागि केन्द्रले सात प्राविधिक उपलब्ध गराएको थियो । हाल २० शय्या सञ्चालनमा रहेको सो आइसोलेशन केन्द्रका ११ शय्यामा सो अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

केन्द्रले यसअघि पाँच लिटर क्षमताका पाँच अक्सिजन कन्सन्ट्रेटर र आठ थान पीपीई सेट सहयोग गरेको थियो । अधिकांश सहयोग सुगम र शहर बजारमा मात्रै केन्द्रित भइरहेको बेला केन्द्रले थवाङलाई रोजेकामा अध्यक्ष घर्तीले खुशी व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?