+
+

एलएलबी तेस्रो वर्षमा क्लिनिकल ल पढाइ नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १८:०२

२८ असार, काठमाडौं । त्रिवि अन्तर्गत नेपाल ल क्याम्पसद्वारा सञ्चालित एलएलबी तेस्रो वर्षको ऐच्छिक विषय क्लिनिकल ल पढाई नहुने भएको छ ।

सहायक क्याम्पस प्रमुख केशरमणी अर्यालले सूचना जारी गर्दै अनलाईनबाट सम्भव नहुने भएकोले पठन-पाठन नहुने जनाएका छन् ।

निर्धारित पाठ्यक्रममा उल्लेखित ऐच्छिक विषय क्लिनिकल ल कोर्स कोड नंम्बर ५३२ पढाउन विद्यार्थीको भौतिक उपस्थिति अनिवार्य भएको र भौतिक रुपमा कक्षा सञ्चालन नहुने भएको सूचनामा उल्लेख गरिएको छ ।

साथै शैक्षिक वर्ष २०७४-०७५ का विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित अन्य ऐच्छिक विषय मध्येबाट छनौट गरी अध्ययन गर्न सूचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?